प्रचण्डलाई थप्पड हान्ने बागलुङका कुँवर पक्राउ

प्रचण्डलाई थप्पड हान्ने बागलुङका कुँवर पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थप्पड हान्ने पदम कुँवर पक्राउ परेका छन् । शनिबार राति संघीय संसद भवन भित्रबाट पक्राउ परेका बागलुङका कुँवरले ७ वर्षअघि प्रचण्डलाई थप्पड हानेका थिए ।

नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरेर हिरासतमा राखिएको महानगरीय प्रहरी वृत्त तीनकुनेका डीएसपी दुर्गाराज रेग्मीले जानकारी दिए ।

तत्कालीन माओवादीले २०६९ मंसिरमा आयोजना गरेको चियापान कार्यक्रममा कुँवरले प्रचण्डलाई थप्पड हानेपछि उनलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि चर्चामा आएका कुँवर पछि धरौटीमा छुटेका थिए ।