प्राइभेट कार चढेर छड्के अनुगमनमा निस्किए उद्योगमन्त्री भट्ट

प्राइभेट कार चढेर छड्के अनुगमनमा निस्किए उद्योगमन्त्री भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारको छड्के अनुगमन गरेका छन् ।

बजारमा ग्यास, डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको अभाव भएको भन्दै सर्वत्र गुनासो आउन थालेपछि मन्त्री भट्ट बुधबार सुरक्षा गार्ड र झण्डावाल गाडी बिना नै निजी गाडीमा बजारको छड्के अनुगमनमा निस्किएका हुन् ।

मन्त्री भट्टले पुल्चोक, जावलाखेल, कुमारीपाटी, महालक्ष्मीस्थान, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की, कालीमाटी, टेकु, त्रिपुरेश्वर लगायत ललितपुर र काठमाडौका विभिन्न ठाउँमा पुगेर बजार अनुगमन गर्नुका साथै उनले कालिमाटी तरकारी तथा फलफुल बजारको पनि अनुगमन गरेका छन् ।

नाकाबन्दीमा जस्तै बजारमा अभाव हुने डरले उपभोक्ताले बोत्तल र ग्यालेनमा पेट्रोलरडिजल लैजाने गरेको तथा अतिरिक्त सिलिण्डर ग्यास भण्डारण गरेकाले केही समस्या देखिएको मन्त्री भट्टले जानकारी दिए ।