राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

राजपा अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन् ।

अध्यक्ष मण्डलको मङ्गलबार बसेको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका हुन् । राजपाको पार्टी एकताको महाधिवेशन नभएसम्म चक्रीय प्रणालीमा नेतृत्व फेरिने परम्पराअनुरुप हरेक दुई महिनामा नेतृत्व परिवर्तन हुन्छ ।

अध्यक्ष मण्डलका छ नेताले पालैपालो नेतृत्व सम्हाल्दै आएका छन् । यसअघि महेन्द्रराय यादव राजपा अध्यक्ष मण्डलको संयोजक थिए ।