मन्त्री बिरामी भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित

मन्त्री बिरामी भएपछि राज्य व्यवस्था समितिको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राज्य व्यवस्था समितिको बुधबारको बैठक स्थगित भएको छ । सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठी बिरामी भएपछि बैठक स्थगित भएको हो ।

अघिल्लो बैठकमा मन्त्री त्रिपाठीले थप समय मागेपछि आजको लागि बैठक तोकिएको थियो । ’बैठक सुरू हुनुभन्दा १० मिनेटअघि मात्रै मन्त्रीज्यूले आफू बिरामी भएको सूचित गर्नुभयो’, समिति सभापति शशी श्रेष्ठले बैठक सुरू हुने बित्तिकै जानकारी गराइन् ।

बुधबारको बैठकमा संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाको र्शत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची तोकिएको थियो ।

बुधबारको बैठकमा उक्त विधेयकलाई टुंगोमा पुर्याउन बाँकी विषयहरुमाथि छलफल गर्ने भनिएको थियो । सदस्यहरूले मन्त्री नै अनुपस्थित भएपछि बैठक बस्नुको औचित्य नहुने धारणा राखेका थिए ।