काठमाडौं – विश्वभरी महामारीको रुप लिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोखिमको न्यूनिकरणका लागि आवश्यक निर्णय गर्न बसेको उच्चस्तरीय समितिको बैठक सम्पन्न भएको छ । बैठकले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागतयका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कोरोना संक्रमणको जोखिम बिश्लेषण गर्दै सावधानीका विषयमा छलफल भएको थियो । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोरखेल संयोजक रहेको समितिका सदस्यहरुहरुबीच छलफल भएको थियो ।
बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो ।
यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ । त्यस्तै २५ जनाभन्दाबढी मानिस भेला हुन समेत रोक लगाएको छ ।




प्रतिक्रिया