काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्री ओली चिकित्सकको सल्लाह अनुसार नै औपचारिक कार्यक्रममा सक्रिय भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सल्लाहकार भट्टराईले चिकित्सकको उच्च निगरानीमा रहेर प्रधानमन्त्रीले कार्यसम्पादन गरिरहेको जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यू अहिले पनि डाक्टरको उच्च निगरानीमा हुनुहुन्छ, भिडियो कन्फरेन्समा सहभागीतादेखि अन्य भेटघाटहरु डाक्टरको अनुमतिमै भइरहेका छन्,’ उनले भने ।
केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सार्क राष्ट्रका राष्ट्र प्रमुखका बिचमा भएको भिडियो कन्फरेन्समा नेपालका तर्फबाट प्रधानमन्त्री ओली सहभागी थिए ।
नेपाल जहिले पनि सार्कको निरन्तरता र क्रियाशिलाको पक्षमा रहेको भन्दै सल्लाहकार भट्टराईले सो कन्फरेन्स अन्यन्तै सफल भएको र यसले सार्क मुलुकहरुलाई अझ नजिक ल्याउँन सहयोग पुगको बताए ।




प्रतिक्रिया