काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई १० हजार थान मास्क उपलब्ध गराएको छ । संघकी अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई मास्क तथा व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेकी हुन् ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पु¥याउने उद्देश्यले महासंघले सहयोग गरेको हो ।
अध्यक्ष राणाले महासंघको तर्फबाट १० हजार थान मास्क र २ सय ५० सेट व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरिन् ।




प्रतिक्रिया