नारायणकाजीको गुटले माओवादी सिध्यायो, अब नेकपा सिध्याउँछः बाबुराम भट्टराई

नारायणकाजीको गुटले माओवादी सिध्यायो, अब नेकपा सिध्याउँछः बाबुराम भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नारायणकाजी श्रेष्ठको गुटले पहिले माओवादी केन्द्र सिध्याएका र अब सत्तारुढ नेकपालाई पनि त्यस्तै हालतमा पु‍र्याउने चेतावनी दिएका छन् ।

इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा बिहीबार बिहान एक ट्वीट गर्दै डा. भट्टराईले कोरोना भाइरसका कारण परीक्षा रोक्ने शिक्षामन्त्री गिरीराजमणि पोखेरलको निर्णयमाथि प्रश्न उठाउँदै नेकपा प्रवक्ता श्रेष्ठमाथि प्रहार गरेका हुन् ।

 ‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन, केही दिन पहिल्यै परीक्षा रोके होलान्‌ !, ती कुरो केही दिनअघि गरेको भए विद्यार्थी/अभिभावक कति तनावमुक्त हुन्थे ? कति खर्च बच्थ्यो ? यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिनेः गुट चलाउने हो ! माके सिध्यायो ! अब नेकपा सिध्याउँछ !’, उनले भनेका छन् ।

बाबुराम र नारायणकाजी गोरखाका हुन् । प्रतिनिधिसभाको निर्वाचनमा उनीहरु प्रतिद्वन्द्वीसमेत हुन् । बाबुराम पछिल्लो समय नारायणकाजीविरुद्ध आक्रमक हुँदै आइरहेका छन् ।