एजेन्सी – अष्ट्रेलियन सरकारले आफ्ना नागरिकबाहेक अन्य मुलुकका नागरिकलाई अस्ट्रेलिया प्रवेशमा रोक लगाएको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अष्ट्रेलियन नागरिकबाहेक सबैलाई अष्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका हुन् ।
केही दिनअघि उनले अष्ट्रेलिया नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए ।अष्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित राख्न यो निर्णय लिएको हो ।
अष्ट्रेलियन सरकारले विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन तर एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न आदेश दिइसकेको छ ।




प्रतिक्रिया