नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– नाइजेरियामा नियमित उडानमा रहेको सैन्य विमान दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ३२ जनाको मृत्यु भएको छ।

दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटनामा परेको हो।

विमानमा २५ यात्रु र ७ चालक दलका सदस्य सवार थिए। सुरुमा हेलिकोप्टर दुर्घटना भएको अनुमान गरिए पनि नाइजेरियाली वायुसेनाले दुर्घटनामा परेको विमान दुई इन्जिनयुक्त टर्बोप्रप रहेको पुष्टि गरेको छ। विमान नदी किनारमा रहेको नौसैनिक आधारनजिक दुर्घटनाग्रस्त भएको बताइएको छ।

दुर्घटनापछि तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो। तर विमानमा रहेका सबै ३२ जनाको मृत्यु भएको नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले पुष्टि गरेका छन् ।

राष्ट्रपति टिनुबुले घटनालाई सशस्त्र बल तथा सम्पूर्ण राष्ट्रका लागि दुःखद् क्षण भन्दै मृतक वायुसेना सदस्यहरूको बलिदान कहिल्यै बिर्सन नसकिने बताएका छन् ।

दुर्घटनाको वास्तविक कारण भने खुल्न बाँकी छ। घटनाबारे अनुसन्धान अघि बढाइएको छ।