सुन तोलामा १५०० रुपैयाँले घट्यो

सुन तोलामा १५०० रुपैयाँले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

बुधबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेर ६८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।