त्रिविका सबै परीक्षा स्थगित

त्रिविका सबै परीक्षा स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले विश्वविद्यालयका सबै परीक्षा र नियमित कक्षाहरू चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

सबै परीक्षाालगायत पठनपाठन बन्द गर्ने, विश्वविद्यालयलाई कुनै पनि क्रियाकलाप चैत मसान्तसम्म नगर्ने र नगराउने निर्णय भएको त्रिविका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले जानकारी दिए ।

त्रिविमा अहिले विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो । व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको छ । एमए दोस्रो सेमेस्टरको ९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि परीक्षा–तालिका सार्वजनिक भएको थियो ।