काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।
कांग्रेस सभापतिका उम्मेदवार गगन थापासँगको छलफलपछि रिजाल उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेका हुन् ।
रिजालले सभापति थापासँग भएको भेटमा गरिएको कुराकानीको भिडियो सामाजिक सञ्जाल फेसबुकमा समेत पोस्ट गरेका छन् ।
‘कांग्रेस फेरि कांग्रेस बनोस् भन्ने आफ्नै एउटै आकांक्षा रहेको उनले बथताएका छन् ।
‘आकांक्षा एउटै छ कांग्रेस फेरि कांग्रेस बनोस् । कांग्रेसको आफ्नो हार्ट र सोल फेरि प्राप्त होस् । त्यो काममा तिमी ९गगन० लाई सहयोग गर्छु । तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भन्ने अर्थ छैन । त्यसकारण पद खोजिरहने त्यो यात्रा टुंगियो । मैले चाहिँ त्यसलाई औपचारिक रूपमा आफ्नो नाम पद फिर्ता लिने छु’, रिजालले भनेका छन् ।



प्रतिक्रिया