मोबाइलमै यसरी थाहा पाउनुहोस् कोरोना भाइरसबारे जानकारी

मोबाइलमै यसरी थाहा पाउनुहोस् कोरोना भाइरसबारे जानकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणबारे जनचेतना फैलाउनको लागि कल ब्याक रिङ टोनमा सचेतना सन्देश दिन थालेको छ ।

टेलिकमले कसैलाई पनि नेपाल टेलिकमको नम्बरमा फोन डायल गर्दा फोन नउठेसम्म कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश पाउन सकिने गरि सिआरविटी परिवर्तन गरेको हो ।

सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि भन्दै बुधवार अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन, २५ जनाभन्दाबढी मानिस भेटघाट गर्न, सिनेमा हल, रंगशाला, जिमखाना लगायत भिडभाड हुने स्थान बन्द गर्न निर्देशन दिइसकेको छ ।