कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दैछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सहमहामन्त्रीका १० पदका लागि ४९ जनाले उम्मेदवारी दिएका छन्।

खुला सहमहामन्त्रीका दुई पदका लागि १० जना उम्मेदवार छन्। अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना प्रतिस्पर्धामा छन्।

महिला सहमहामन्त्रीको एक पदका लागि नानुमैया बास्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा हुँदैछ।

आदिवासी जनजाति सहमहामन्त्रीको एक पदका लागि ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामा तामाङ उम्मेदवार छन्।

दलित सहमहामन्त्रीको एक पदका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियारबीच प्रतिस्पर्धा हुँदैछ।

मधेशी सहमहामन्त्रीको एक पदका लागि सबैभन्दा धेरै आठ जनाले उम्मेदवारी दिएका छन्। अजयकुमार चौरसिया, अभिषेकप्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन शाह प्रतिस्पर्धामा छन्।

खसआर्य सहमहामन्त्रीको एक पदका लागि जगदिश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत उम्मेदवार छन्।

थारू सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी प्रतिस्पर्धामा छन्।

मुस्लिम सहमहामन्त्रीको एक पदका लागि अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदौश आलम उम्मेदवार छन्।

पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको एक पदका लागि जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर बिष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवरबीच प्रतिस्पर्धा हुँदैछ।

त्यस्तै, अल्पसंख्यक वा अपांगता समूहबाट सहमहामन्त्रीको एक पदका लागि आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली उम्मेदवार छन्।

यसरी सहमहामन्त्रीका १० पदका लागि कुल ४९ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। दुई पद रहेको खुलातर्फ १० जना र एक पद रहेको मधेशीतर्फ आठ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमाथि दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक गर्नेछ।

कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।