काठमाडौं – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना ‘ट्वान्टी ट्वान्टी एस टु अफर आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नयाँ सामसुङ ग्यालेक्सी एस ट्वान्टी जित्ने मौका पाउनेछन् । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुनेछ ।
यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पे टुपे भुक्तानी गरे लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ र सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ सामसुङ ग्यालेक्सी एस ट्वान्टी जित्ने मौका पाउनेछन ।
यसका साथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता Payless, Address lounge / X-Age बाट विभिन्न उपहारहरु पाउनेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ । जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरेपस्चात न्युनतम २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, मर्चेन्ट भुक्तानीबाहेकको कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन । सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।
सेलपेका अन्यविशेषताहरु यस प्रकार रहेको छ :
– बास्तविक समयमाभुक्तानी
– बिनावालेट कारोबार गर्न सकिने
– सुरक्षित
–मर्चेन्ट् शुल्कनलाग्ने
– लोयल्टी पोइन्टस
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुलभुक्तानी, विभिन्नपसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनीट्रान्सफर, एद्दए, एद्दद्य, द्यद्दए, द्यद्दद्य आदिवास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवामार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवालिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरीआजै आफ्नो बैंक खातालिंक गर्नुहोस् ।




प्रतिक्रिया