कोरोनाको संक्रमणबाट बच्न प्रहरी अधिकृतलाई अनुशिक्षण कार्यक्रम

कोरोनाको संक्रमणबाट बच्न प्रहरी अधिकृतलाई अनुशिक्षण कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन प्रहरीलाई एक दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

बिहीबार ललितपुर ग्वार्को स्थित बि.एण्ड.बि. अस्पतालको सभाहलमा अस्पतालका डा. सरिता पाण्डेले कोरोना सम्बन्धी जानकारी दिएकी थिइन् । उनले कोरोनाको संक्रमणबाट बच्ने उपाय तथा त्यसका कारण एवं लक्षणहरु लगायतका स्वास्थ्य सचेतना सम्बन्धी विषयहरु समेटिएको सूचनामूलक कार्यक्रम प्रदान गरेकी थिइन् ।

नेपाल प्रहरीका प्रत्येक प्रहरी कर्मचारीहरुलाई कोरोना भाईरसको संक्रमण, रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी हुनु पर्ने तथ्यलाई मनन् गर्दै महानगरीय प्रहरी बृत सातदोबाटो, महानगरीय प्रहरी प्रभाग मंगलबजार, बालकुमारी ललितपुरमा कार्यरत सिनियर तथा जुनियर प्रहरी अधिकृतलाई सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो ।

कोरोना भाईरसको महामारीको कारणबाट उत्पन्न हुनसक्ने सम्भावित परिस्थिति, चुनौतीहरु र त्यसको सामना गर्न नेपाल प्रहरीको महत्वपूर्ण भूमिका हुने भएकाले सोही अनुसार तयारी गरिएको हो ।