नेपाली सेनाले बनायो प्रदेश १ मा ४ सय शैयाको क्वारेन्टाइन

नेपाली सेनाले बनायो प्रदेश १ मा ४ सय शैयाको क्वारेन्टाइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि नेपाली सेनाले प्रदेश १ मा ४ सय शैयाको क्वारेन्टाइन तयार पारेको छ ।

सेनाले प्रदेश सरकारसँगको समन्वयमा प्रदेश १ को तीन ठाउँमा झन्डै साढे चार सय क्षमताको क्वारेन्टाइन बनाएको हो ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार मोरङको टाँडी, झापाको चन्द्रगढीस्थित कृषि तालिम केन्द्र र उदयपुरको बेलसोतस्थित १ नम्बर विकास गणको भवनमा क्वारेन्टाइन तयार पारिएको हो ।

नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतनाले बुधबार नै मोरङको टाँडीमा क्वारेन्टाइनको लागि १ सय २ वटा टेन्ट तयार पारेको छ । हरेक टेन्टमा २ वटा बेड राखिएकाले टाँडीमा मात्र २ सय ४ जनालाई राख्न सकिने छ ।

झापाको चन्द्रगढीस्थित कृषि तालिम केन्द्रमा पनि ४० बेडको क्वारेन्टाइन तयार भएको छ । त्यस्तै पनि २ सय क्षमताको क्वारेन्टाइन शनिबारसम्म तयार हुने प्रवक्ता पाण्डेले जानकारी दिए ।