अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने

अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा थप शुल्क नलाग्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने भएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन नेपाल बैकर्स संघले अन्तर बैंक एटीएम कारोबार गर्दा कुनै पनि थप शुल्क नलाग्ने व्यवस्था गर्ने निर्णय हो ।

शुक्रबार बिहान बसेको संघको बैठकले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने समेत निर्णय गरेको संघका कार्यकारी निर्देशक अनिल शर्माले जानकारी दिए ।

संघको बैठकले बैंकिङ क्षेत्रलाई भाइरस जोखिम न्यूनीकरण गर्न पूर्वसावधानी अपनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ ।