एजेन्सी – कोरोनाभाइरस विश्वभरीका लागि विकराल समस्या बन्दै गइरहेको छ । चीनको वुहान शहरबाट सुरु भएप्को यसको प्रसार राकिने छाँटकाट नै देखिएको छैन । हाल सम्म विश्वका अधिकांश देश यसको चपेटामा आइसकेका छन् ।
शुक्रबार इटालीमा कोरोनाका कारण ६२७ को मृत्यु भएको छ । यो मुलुकमा ५९८६ मा कोरोनाको नयाँ संक्रमण देखिएको छ ।
शुक्रबारको यो आंकडा सहित इटालीमा हालसम्म मृत्यु हुनेको संख्या बढेर ४०३२ पुगेको छ । यसैगरी कोरोना पोजेटिभ बिरामीको संख्या पनि बढेर ४७०२१ पुगेको छ ।
इटालीमा कोरोनाभाइरसको विस्तार केही तीव्र दरमा देखिएको छ । यहाँ २६५५ मानिसको अवस्था अत्यन्त गम्भरीर रहेको बताइएको छ ।




प्रतिक्रिया