काठमाडौं – कोरोना आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत एक जना बिरामी फरार भएका छन् । शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट भागेका हुन् ।
अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै नदिइ बाहिरिएको बताए ।
विश्वव्यापी रुपमा महामारी रुपमा फैलिरहेको कोरोना भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिरहेको छ । यो भाइरस चीनको उहानबाट फैलिएको थियो । चीनमा यो भाइरस नियन्त्रण उन्मुख रहेको छ ।




प्रतिक्रिया