काठमाण्डुसहित विभिन्न स्थानमा हुरीसहित वर्षा जारी, महाशाखाले भन्याे– सतर्कता अपनाउनू

काठमाण्डुसहित विभिन्न स्थानमा हुरीसहित वर्षा जारी, महाशाखाले भन्याे– सतर्कता अपनाउनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हाल काठमाण्डुसहित देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले थप वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

महाशाखाले बुधबार बिहान ११ः३५ बजे जारी गरेको सूचना जारी गर्दै काठमाण्डु उपत्यकासहित बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको जनाएको हो ।

महाशाखाका अनुसार पछिल्लो एक घण्टामा अर्घाखाँचीको सिमलपानी केन्द्रमा सबैभन्दा धेरै ५८.२ मिलिमिटर वर्षा भएको छ। उक्त वर्षालाई भारी वर्षाका रूपमा मापन गरिएको छ।

थप वर्षा हुनसक्ने भएकाले मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहितको वर्षाबाट हुनसक्ने जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

‘हाल काठमाण्डु उपत्यका लगायत बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग, हावाहुरी र असिना सहित मध्यमसम्मको वर्षा भैरहेको र थप पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला’ महाशाखाले भनेको छ।