एजेन्सी – विश्व कोरोना भाइरसको चपेटामा परिरहेका बेला उत्तर कोरियाले शनिबार जापानी जल क्षेत्रमा दुईवटा छोटो दुरीको ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।
यी प्रोजेक्टाइलहरु नर्थ प्योङयाङ प्रान्तबाट ईस्ट सीको नामले समेत चिनिएको छ । सी अफ जापानमा प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले विज्ञप्तिमार्फत बताएको छ । उसले यसको बारेमा थप विवरण भने दिएको छैन ।
‘सेनाले अतिरिक्त प्रक्षेपण र तयारीको अवस्थाको बारेमा अनुगमान गरिरहेको छ,’ उसले भनेको छ ।
उत्तरले प्रहार गरेको ब्यालिस्टिक मिसाइल जस्तो देखिएको जापानको रक्षा मन्त्रालयले जनाएको छ । यो जापानको क्षेत्रमा र आर्थिक क्षेत्रमा आएको जस्तो नदेखिएको मन्त्रालयले जनाएको छ ।
यो महिनाको सुरुमा परमाणु अस्त्र सम्पन्न उत्तरले दुई पटक समान किसिमको प्रक्षेपण गरेको थियो । यद्यपी प्योङयाङले लामो दुरीको हतियार प्रक्षेपण गरेको जनाएको छ । जापानले भने प्रोजेक्टाइल ब्यालिस्टिक मिसाइल जस्तो देखिएको जनाएको छ ।
अमेरिकासँगको निसस्त्रीकरणको वार्ता लामो अवधिसम्म रोकिएको समयमा यो पछिल्लो प्रक्षेपण भएको हो ।




प्रतिक्रिया