काठमाडौं – सरकारले अर्थतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने भएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारीको जोखिमले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको छ ।
सरकारले कोरना भाइरस जोखिमका कारण अहिले मुलुकको अर्थव्यवस्थामा परेको र पर्न सक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन उपयुक्त कार्यक्रम ल्याउने तयारी गरेको हो । यसका लागि अर्थ मन्त्रालयले सम्बन्धित उद्योगी व्यवसायी एवं सरोकारवालालाई बोलाएर विभिन्न चरणमा छलफल गरी सुझाव संकलन गरिरहेको छ ।
यसअघि धेरैपटक निजी क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि बोलाएर उनीहरूका समस्या, माग एवं सुझावबारे जानकारी लिइएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले अहिले विभिन्न क्षेत्रबाट आएका सुझाव एवं मागबारे अध्ययन भइरहेको बताए । उनले केही समयको सूक्ष्म अध्ययन र छलफलपछि मात्र सरकारले उपयुक्त निर्णय गर्ने जानकारी दिए ।यो समाचार आजको राजधानी दैनिकमा छ ।




प्रतिक्रिया