माछापुछ्ररे बैंक र महानगरिय प्रहरीको संयुक्त पहलमा काठमाडौँका १६ स्थानमा स्यानिटाईजरसहित हातधुने व्यवस्था

माछापुछ्ररे बैंक र महानगरिय प्रहरीको संयुक्त पहलमा काठमाडौँका १६ स्थानमा स्यानिटाईजरसहित हातधुने व्यवस्था

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – माछापुछ्ररे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्त पहलमा हाल विश्वभरका अधिकांश देशमा देखिएको कोरोना भाईरसको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुन अनुरोध गर्दै काठमाडौँका विभिन्न स्थानमा साबुन पानीको व्यवस्था गरेको छ ।

 माछापुछ्ररे बैंकले आईतबारदेखि काठमाडौँको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्की तथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको हो । आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाडौका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरे तथा माछापुछ्ररे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरे ।

अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाडौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो । विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोना भाइृसरको संक्रमणबाट बच्नको लागि साबुन पानीले हात धुनु अनिबार्य रहेको तथा काम बिशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हात धुन सम्भब नहुने हुदाँ बैंक तथा महानगरिय प्रहरी कार्यालयले आम नागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त व्यवस्था गरेको हो ।

बैंकिङ्ग क्षेत्र अत्याबश्यक क्षेत्र अन्र्तगत पर्ने भएको हुँनाले माछापुछ्ररे बैंकले आफ्नो मुख्य कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्याप्त स्यानिटाईजरको व्यवस्था गरेको छ । बैंकले अत्याबश्यक बाहेकका अन्य कामको लागि सकेसम्म बाहिर ननिस्किन आग्रह गर्र्दै बैंकिङ्ग कारोबारका लागि बैंकले प्रदान गर्दै आइरहेका बिभिन्न डिजिटल भुक्तानीका माध्यमहरुको उपयोग गर्न सबैंमा आग्रह गरेको छ । साथै बैंकले प्रदान गर्दै आइरहेका डिजिटल भुक्तानीका माध्यमहरुबाट कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने हुदाँ नगद कारोबार लाई कम गरिदिनुहुन समेत सम्पूर्ण ग्राहक महानुभावहरुमा आग्रह गरेको छ ।