सरकारले दियो प्रत्येक वडा कार्यालयलाई निर्देशन,विदेशबाट आउनेको निगरानी गर्नु

सरकारले दियो प्रत्येक वडा कार्यालयलाई निर्देशन,विदेशबाट आउनेको निगरानी गर्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वडा कार्यालयलाई निगरानी गर्न निर्देशन दिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका वडा कार्यालयलाई आफ्नो वडामा विदेशबाट आएकाहरूको विवरण दैनिकरूपमा आफूकहाँ पठाउन र उनीहरूको निगरानी गर्न निर्देशन दिएको हाे।

’प्रत्येक वडा कार्यालयमार्फत विदेशबाट फर्किएका व्यक्तिहरूको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गर्ने र सोको संख्यात्मक विवरण दैनिकरूपमा मन्त्रालयमा पेश गर्नु,सूचनामा उल्लेख छ।