काठमाडौं – चीनको वुहान शहरबाट सुरु भएको मानिएको कोरोनाभाइरसको संक्रमण विश्वभरीका १८६ भन्दा बढी देशमा पुगिसकेको छ । यसको संक्रमणबाट १४,६०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
संक्रमणको सुरुवात चीनबाट भएको र संक्रमणको आंकडा पनि चीनमा सर्वाधिक बढी देखिएको छ । यहाँ आइतबार ६५१ को मृत्यु भएको थियो । सर्वा्धिक मृत्युलाई आधार मान्ने हो भने इटाली सबैभन्दा बढी प्रभावित भएको देश हो । यहाँ हालसम्म ५,४७६ मानिसको मृत्यु भइसकेको छ ।
यसैगरी चीनको हुबेइ प्रान्तमा मृत्यु हुनेको संख्या ३१५३ पुगेको छ । यसका अलावा स्पेनमा १७७२, इरानमा १६८५, फ्रान्समा ६७४ को मृत्यु भएको छ ।
विश्वभरीमा ३ लाख ३० हजार संक्रमित देखिएका छन् । संक्रमित मानिसको संख्या सर्वा्धिक बढी चीनमा रहेको छ । चीनमा ८१,४२६ मानिस संक्रमित भएका छन् । इटालीमा ५९,१३८, अमेरिकामा ३३,२७६, स्पेनमा २८,७६८ र जर्मनीमा २४,८७३ संक्रमण पुष्टि भएको छ ।
भारतमा यो संक्रमणबाट हालसम्म ७ को मृत्यु भइसकेको छ भने ३६० भन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमण रोक्नका लागि भारतको २२ राज्यको ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन लागू गरिएको छ ।




प्रतिक्रिया