कोरोनाले अमेरिका पनि तहसनहस, ४ सयको मृत्यु, ३४ हजार भन्दा बढी संक्रमित

कोरोनाले अमेरिका पनि तहसनहस, ४ सयको मृत्यु, ३४ हजार भन्दा बढी संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ३४,००० पुगेको छ भने ४०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसैगरी प्रत्येक तीन अमेरिकी मध्ये १ लाई घरभित्रै बस्नका लागि भनिएको छ ।

कोभिड–१९ को नयाँ घटनाको तथ्यांक राख्ने वेबसाइट वल्र्डोमीटरले भनेको छ, ‘आइतबार साँझ सम्म केन्टुकीदेखि रिपब्लिकन सांसद र्यान्ड पल समेत ३३,५६४ मानिस कोरोना भाइरसबाट संक्रमति थिए । यसैगरी मृतकको संख्या बढेर ४१९ पुगेको छ ।’

यसैबीच ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनको अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क, क्यालिफोर्निया तथा वासिङटनलाई कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित क्षेत्रको रुपमा पहिचान गरेका छन् । राष्ट्रपतिले न्यूयोर्कमा नेशनल गार्ड तैनाथीको मन्जुरी दिएका छन् ।

ट्रम्पले देशमा कोरोनाभाइरसबाट प्रभावित क्षेत्रमा आपतकालिन चिकित्सकीय केन्द्र बनाउने आदेश दिएका छन् । उनले एफईएमए आपत प्रबन्ध एजेन्सीलाई न्यूयोर्क, क्यालिफोर्निया तथा वासिङटन राज्यमा चिकित्सकीय केन्द्र बनाउने आदेश समेत दिएका छन् ।

क्यालिफोर्नियाको ८ चिकित्सकीय केन्द्रमा २,००० सैया, न्यूयोर्क तथा वासिङटन राज्यमा चार चिकित्सा केन्द्र र यसको प्रत्येकमा १,०००–१,००० सैयाको व्यवस्था हुनेछ ।

ट्रम्पले भनेका छन्,‘म अमेरिकी जनतालाई आश्वस्त पार्न चाहन्छु कि यो अदृश्य दुश्मनलाई पुरै रुपमा परास्त गर्नका लागि सधै सबै चीज गरिरहेका छौं, जुन हामी गर्न सक्छौ । हेर्ने हो भने हामी युद्ध जस्तो अवस्थामा रहेका छौ ।’