भारतमा २१ दिन ‘लकडाउन’ गर्ने प्रधानमन्त्री मोदीको घोषणा

भारतमा २१ दिन ‘लकडाउन’ गर्ने प्रधानमन्त्री मोदीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा मंगलबार रातिबाट लागू हुनेगरी देशभर २१ दिन ‘लकडाउन’ गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै २१ दिन लकडाउन गर्ने घोषणा गरेका हुन्।

‘आगामी २१ दिन हाम्रो दिन अत्यन्तै संवेदनशील छ,’ उनले भने, ‘यसबीच तपाईंहरू जहाँ जहाँ हुनुहुन्छ, त्यहीँ त्यहीँ घरभित्रै बस्नुहोला ।’

मोदीले पछिल्लो एक सातामा दोस्रोचोटी यस्तो सम्बोधन गरेका हुन् । अघिल्लो सम्बोधनमा उनले आइतबार एक दिन जनताको कर्फ्यू लागू गर्दै सर्वसाधारणलाई घरबाट ननिस्कन आह्वान गरेका थिए ।

भारतमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५०० नाघेपछि पूरै देश लकडाउन गरिएको हो ।