‘लकडाउन’ तोड्दै भारतले नेपाली मजदुरलाई अलपत्र छाड्यो

‘लकडाउन’ तोड्दै भारतले नेपाली मजदुरलाई अलपत्र छाड्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – प्रधानमन्त्री नरेन्द्र मोदीले कोरना भाइरस संक्रमण रोकथामका लागि भारतमा २१ दिन लकडाउनको घोषणा गरेसँग नेपालीहरु अलपत्र परेका छन् । भारतले नेपालीलाई धमाधम नेपाल पठाउन सुरु गरेको हो । रोजगारीका लागि पुगेका नेपालीलाई क्वारेन्टाईनमा राख्नुको साटो भारतले उनीहरुलाई सीमा गन्तव्यसम्म पु¥याईरहेको छ ।

मंगलबार राती दिल्लीबाट निजी कम्पनीको गाडीमा ल्याएका ५० नेपाली अहिले बनबासमा रोकिएका छन् । उनीहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले रोकेको छ ।

भारतीय प्रहरीकै सहयोगमा टनकपुर र मेलाघाट खुलानाकाबाट नेपालीलाई पठाईरहेको छ । महाकाली नगरपालिका दोधाराचाँदनी भएर नेपाल पुगेका २० जनालाई भीमदत्त नगरपालिका–१२ मा रोकिएको छ । उनीहरुको स्वास्थ्य परीक्षणका लागि भन्दै वडाध्यक्ष कृष्णसिंह देउपाले रोकेका हुन् । भारतीय निजी कम्पनीका सवारी साधन मार्फत उनीहरु बनबासा क्षेत्रमा पुगिरहेका छन् । जो नेपाली जहाँ छ, त्यही स्थानबाट भारतीय निजी कम्पनीका सवारी साधनले सीमा क्षेत्रसम्म पु¥याएर छाड्ने गरेका छन् ।

चम्पावतदेखि २४ घण्टा पैदल नै महेन्द्रनगर

भारतमा समेत कोरनाको संक्रमण बढेपछि रोजगारीका क्षेत्र बन्द भएका छन् । रोजगारीका लागि भारत गएका अधिकांश हिँडेरै नेपाल प्रवेश गर्ने गरेका छन् ।

काम बन्द भएपछि भारतमा भोकभोकै मर्नुभन्दा पैदलै टनकपुर नाका भएर नेपाल आएको भारतमा मजदुरी गर्दै आएका नेपालीले बताए ।

महेन्द्रनगरदेखि ९१ किलोमिटर दुरीमा रहेको चम्पावत सवारी साधनमा गए ३घण्टामा पुगिने भएपनि अधिकांश नेपाली २४ घण्टा हिडेरै आएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले भारतमा कलडाउन गर्नुभन्दा पहिले नै उनीहरु चम्पावतदेखि हिडेका थिए, बिहान टनकपुर नाका पुगेका उनीहरुलाई भारतीय प्रहरीले पुलवारी ब्रम्हदेब भएर जान भनेपछि कालिभानको समुह बिहान ८ बजे महेन्द्रनगर पुगेको थियो । उनीहरुको स्वास्थ्य परीक्षण नगरेकाले गडडा्चौकी लगिएको छ ।

कालिभानसंगै मजदुरी गर्न गएका बाजुराकै जंगे दमाईले मंगलबार बिहान ७ बजे हिडेर भोकभोकै महेन्द्रनगर पुगेको बताए ।

चम्पावदेखि महेन्द्रनगर पुगेका उनीहरुलाई भीमदत्त नगरपालिका ५नम्बर वडाले मास्क वितरण गरेको छ । भने समाजसेवी दिवान आग्रीले पानी, चाउचाउ र चिउरा वितरण गरेका थिए ।

टनकपुर, चाँदनी दोधाराबाँट छिरेर नेपाली नागरिकलाई गड्डाचौकी हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गराएर उनीहरुलाई केही समय क्वारेन्टाईनमा राखिने र भारतीय एसएसबीले रोकेका नेपालीलाई समेत ल्याएर उनीहरुको घरतर्फ पु¥याउने प्रबन्ध मिलाईने स्थानीय अधिकारीले बताएका छन् ।

लकडाउनले सुनसान कञ्चनपुर

तीनदिनदेखि कञ्चनपुर कलडाउन भएको छ । कोरना संक्रमण जोखिम न्यूनिकरण समितिले एक दिन अघि नै कलडाउन घोषणा गरे लगत्तै संघीय सरकारले सिङ्गो नेपाल कलडाउन घोषणा गरेपछि कञ्चनपुर तीनदिन लकडाउन भएको हो । कलडाउनका कारण कञ्चनपुर सुनसान भएको छ ।

पश्चिमी नाका गड्डाचौकी, बम्ह्देब,चाँदनी दोधारा क्षेत्रबाट छुटपुट नेपाली आएपछि अन्य नाकामा भने पुर्ण आवत जावत बन्द गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले पहिलो दिन ८० प्रतिशत कलडाउन भएको बताए ।

उनका अनुसार भारतले समेत नाकाबन्दी, कलडाउन गरेपछि भारतबाट आउनेको संख्या ह्वात्तै घटेको छ । ‘अवाज्ञा गर्नेहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राख्ने गरेका छौँ, ‘प्रवक्ता पौडेलले भने, ‘मंगलबार १० जना नियन्त्रणमा लिएर सम्झाईबुझाई गरेर छाडे, बुधबार बिहान सम्ममा सात जना नियन्त्रणमा ल्याएका छौँ ।’

शहर बजार क्षेत्रमा कलडाउन पालना नभएपनि गाउँघरतिर कलडाउन पालना भएको उनले बतनाए । नागरिकको सहयोग आवश्यक रहेको उनको आग्रह छ । लकडाउनको विषयमा नागरिकमा सचेतना आवश्यक र प्रहरीले गाउँगाउँमा माईकिङ्ग गरिरहेको उनले बताए ।