नेपालमा तेस्रो व्यक्तिमा कोरोना भेटियो

नेपालमा तेस्रो व्यक्तिमा कोरोना भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड(१९) का बिरामी नेपालमा पनि थपिँदै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोनाका नयाँ संक्रमित भेटिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । ती युवा खाडी मुलुकबाट आएको बुझिएको छ । उनी कुन एयरको जहाजमा कहिले नेपाल आए भन्ने खुल्न बाँकी छ ।

ती युवा अहिले टेकु अस्पतालको आइसोलेनसमा उपचाररत छन् । यो भन्दा अगाडि चीन र फ्रान्सबाट आएका दुई जनामा कोरोना भएको थियो ।

चीनबाट आएका बिरामी निको भएर डिस्चार्ज भइसकेका छन् भने फ्रान्सबाट आएकी युवती टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा आइसोलेसनमा उपचाररत छिन् ।