खोटाङ – खोटाङको दिक्तेलमा २ घण्टामा ३६ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । कोरोना भाइरसको सम्भावित जोखिमकाक्रममा उपयोग गर्नेगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको माटिकोरेमा रहेको कडर्व हलमा मंगलबार क्वारेन्टाइन निर्माण गरेको हो ।
नेपाली सेना र रेडक्रसको सहयोगमा दुई घण्टामै क्वारेन्टाइन निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बताए ।
संक्रमण फैलिएका देशबाट फर्किएका स्थानीयलाई १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्ने गरी क्वारेन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइनमा हुनुपर्ने आवश्यक मापदण्ड पुरा गरेर चौवीसै घण्टा स्वास्थ्यकर्मी रहने गरी क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया