काठमाडौं – भारतले कोरोना संक्रमणमा प्रयोग गरिएको हाइड्रोक्सिक्लोरोक्वाइन निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको वाणिज्य तथा आपूर्ति मन्त्रालयले आजैदेखि लागू हुने गरी यो औषधि निर्यातमा प्रतिबन्ध लगाएको हो ।
मलेरियाविरुद्ध प्रयोग हुने यो औषधि कोरोना रोगविरुद्ध पनि प्रयोग हुँदै आएको छ । भारतले हाइड्रोक्सिक्लोरोक्वाइनसहित यो औषधि प्रयोग गरेर बनाइने सबै प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको हो ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को सुझावअनुसार यो औषधि निर्यातमा प्रतिबन्ध लगाइएको हो । यद्यपि, भारतको विदेश मन्त्रालयले अत्यावश्यक अवस्था हेरेर हाइड्रोक्सिक्लोरोक्वाइन अन्य कुनै पनि राष्ट्रमा निर्यात गर्न सक्ने जनाइएको छ ।
कोरोनाविरुद्ध समेत प्रयोग गरिँदै आएको यो औषधि हाल परीक्षणका रूपमा मात्रै प्रयोग गरिएको चिकित्सकहरू बताउँछन् । चिकित्सकको सल्लाहबिना यसको प्रयोग गर्न नहुने सुझाव दिइएको छ ।




प्रतिक्रिया