काठमाडौं- भारतको मध्य प्रदेशमा एक जना पत्रकारमा कोरोना (कोभिड(१९) भाइरसको संक्रमण पुष्टि भएको छ । मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथले पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी भएका ती पत्रकारलाई संक्रमण भएको पुष्टि भएको हो ।
त्यसका साथै उनकी छोरीमा समेत संक्रमण देखिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । उनकी छोरी लण्डनबाट १७ मार्चमा भारत फर्केको नवभारत टाइम्सले जनाएको छ । उनि भारतको नयां दिल्ली हुंदै भोपाल आएकी थिईन ।
पत्रकार सम्मेलनमा दुईसय भन्दा बढी संचारकर्मीहरुको उपस्थिती रहेको थियो । मुख्यमन्त्री कोमलनाथले आयोजना गरेका पत्रकार सम्मेलनमा आएका सञ्चारकर्मी संक्रमित भएपछि उनि पनि क्वारेन्टाइनमा बसेका छन् ।




प्रतिक्रिया