काठमाडौं – नेपाल टेलिकमले रिचार्जमा शत प्रतिशत बोनस दिने निर्णय गरेको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बुधवार रातको १२ बजेपछि लागु हुने गरी उक्त निर्णय कार्यान्वयन हुने बताए ।
कोरोनाको संक्रम फैलनबाट रोक्न सरकारले एक हप्ता लकडाउन गर्ने निर्णय गरेपछि ग्राहकलाई रिर्जाज कार्ड किन्न समेत समस्या भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकहरुलाई घर बाहिर निस्कन अफ्ठेरो र्भको भन्दै रिचार्ज बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार निर्देशन दिएको थियो ।
नेपाल टेलिकमले उपलब्ध गराउने बोनस ब्यालेन्स रकम आफ्नो नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिनेछ । नेपाल टेलिकमकाअनुसार अन्य नेटवर्कमा गर्दा भने मुख्य ब्यालेन्सबाटै पैसा काटिनेछ । टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने बताए ।




प्रतिक्रिया