वासिङटन – कोरोना भाइरस फैलाएको भन्दै वासिङटनका एक वकिलले चीनविरुद्ध मुद्धा दर्ता गराएका छन् । वासिङटनका वकिल ल्यारी क्लेयमेनले चीनबिरद्ध २० ट्रिलियन अर्थात २०० खर्ब डलरको मुद्धा दर्ता गराएका हुन् । यो भाइरसको महामारीका कारण विश्वभरीमा करीब ४ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।
मृतकको संख्या २० हजार नाघिसकेको छ । ल्यारी र उनको वकालत समूह फ्रिडम एन्ड बज फोटोजले यूएस डिस्ट्रिक कोर्ट फर नर्दन डिस्ट्रिक अफ टेक्सासमा यो मुद्धा दायर गरका हुन् ।
अदालतमा दर्ता गरेको मुद्धामा उनले कोरोनाभाइरसलाई चीनले युद्धका लागि जैविक हतियार बनाउनका लागि डिजायन गरेको आरोप उलने लगाएका थिए । चीनले यो भाइरस फैलाउन चाहन्थ्यो वा चाहँदैनथ्यो यसको पुष्टि भएको छैन, तर यसो गरेर अमेरिकी कानून, अन्तर्राष्ट्रिय कानून, सन्धीको उल्लंंघन गरेको आरोप उनले लगाएका छन् ।
मुद्धामा भनिएको छ, ‘किनकी चीन यस किसिमको हतियार खारेज गर्ने सन्धीमा सहमत भएको छ । यो करावाही पीपुल्स रिपब्लिक अफ चाइनाको आधिकारिक सरकारी कारबाही हुन सक्दैन ।’
‘प्रयोगशालाभित्र भाइरस बनाइ राख्ने उद्देश्य यसको उपयोग ती अमेरिकी नागरिक तथा अन्य व्यक्तिलाई मार्नु थियो ।




प्रतिक्रिया