अमेरिकामा हरेकलाई १२ सय डलर दिने बिल सिनेटबाट पारित, के छ बिलमा ?

अमेरिकामा हरेकलाई १२ सय डलर दिने बिल सिनेटबाट पारित, के छ बिलमा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क-  कोरोना भाइरसबाट उत्पन्न आर्थिक संकटसंग जुध्न अमेरिकाले २ ट्रिलियन अमेरिकी डलरको यो प्याकेज घोषणा गरेको छ ।  अमेरिकाका हरेक करदातालाई १२ सय डलर दिने लगायतका विषयहरु समेटिएको प्याकेज बुधवार सिनेटबाट पारित भएको छ । उक्त प्याकेजमाथी भएइको मतदानमा उपस्थीत सबै ९६ सिनेटरहरुले बिलको पक्षमा मतदान गरेका छन् । अमेरिकी इतिहासकै सबैभन्दा ठुलो आपतकालिन प्याकेजलाई शुक्रवार हाउसमा लगिनेछ ।

उक्त प्याकेजमा एकजना करदातालाई १२ सय डलर, विवाहितलाई २४ सय डलर र १७ बर्षभन्दा कम उमेरका परिवारका सदस्यका लागि थप ५ सय डलर प्रदान गरिने उल्लेख गरिएको छ । बार्षिक ७५ हजार भन्दा कम आम्दानी हुने एकजनालाई १२ सय डलर प्रदान गरिने छ । यदि दम्पत्तिले ज्वाइन्ट ट्याक्स फाइल गरेका छन् र उनीहरुको आम्दानी बार्षिक १ लाख ५० हजार भन्दा कम रहेको छ भने उनीहरुले २४ सय डलर प्राप्त गर्नेछन् । ७५ हजारभन्दा बढी आम्दानी हुनेहरुका हकमा भने हरेक एकसय डलर बढी आम्दानीमा ५ डलर घटाउंदै लगिनेछ ।

त्यस्तै विवाहित जोडीको सन्दर्भमा १ लाख ५० हजार भन्दा धेरै बार्षिक आम्दानी हुनेले हरेक १ सय डलरमा ५ डलर घटाउंदै हिसाब गरेर रकम दिइनेछ । अर्थात् यदि कसैको १ लाख ६० हजार बार्षिक आम्दानी छ भने उनीहरुले १९ सय डलर पाउनेछन् । अधिकतम १ लाख ९८ हजार आम्दानी हुने जोडीलेमात्र रकम पाउनेछन् ।

बिलमा ५ सय बिलियन ऋण, लगानी लगायतमा छुट्याइएको छ भने एयरलाइन्स उद्योगका लागि ३२ बिलियन छुट्याइएको छ । त्यस्तै कन्ट्राक्टमा काम गर्ने र सेल्फ इम्प्लोयडहरु पनि संघीय सहायता प्राप्त गर्नका लागि योग्य हुनेछन् । विद्यार्थीहरुको ऋण सेप्टेम्बर ३० सम्मका लागि कुनै जरिवाना स्थगित गरिनेछ ।