कोरोना संक्रमित नर्सले सुसाइड नोटमा लेखिन्ः अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएँ

कोरोना संक्रमित नर्सले सुसाइड नोटमा लेखिन्ः अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – इटालीमा एक नर्सले आत्महत्या गरेकी छन् । कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएकी ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले आफुलाई कोरोना संक्रमण भएपछि आत्महत्या गरेकी हुन् ।

बेलायतको चर्चित पत्रिका टेलिग्राफका अनुसार उनी इटालीको सबैभन्दा कोरोनापीडित लोम्बार्दी क्षेत्रमा पर्ने मोन्जास्थित सान जेर्राडो अस्पतालको इन्टेन्सिभ केयर युनिटको नेतृत्व गर्दे संक्रमितको उपचार खटिइरहेकी थिइन् ।

उनले सुसाइड नोट पनि लेखेकी छन् । नोटमा उनले भनेकी छन्, ‘कोरोना भाइरसबाट संक्रमितको उपचार गर्दागर्दै म आफैं संक्रमित हुन पुगें । अब अरू मानिसलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता मभित्र छैन । त्यसैले अरू धेरैको जीवन बचाउन आफ्नै जीवन अन्त्य गर्ने निर्णय लिएकी हुँ ।’