अलपत्र फ्रान्सेली पर्यटक लिन लुक्ला उड्यो तारा एयरको जहाज

अलपत्र फ्रान्सेली पर्यटक लिन लुक्ला उड्यो तारा एयरको जहाज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि २ दिनदेखि लुक्लामा अलपत्र परेको फ्रान्सेली पर्यटकको उद्धारका लागि तारा एयरलाइन्सले जहाज पठाएको छ ।

काठमाडौं स्थित फ्रान्सेली दूतावासले आफ्ना १४ जना नागरिकहरुको उद्दारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेपछि उद्दार गर्न नीजि वायुसेवा कम्पनी तारा एअर तयार भएको हो ।

तारा एअरको १८ सिट क्षमता भएको ट्वीन ओटर विमान त्रिभुवन विमानस्थलबाट १ बजे लुक्लातर्फ प्रस्थान गरिसकेको छ ।