एजेन्सी- नोबेल कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्यामा सयुंक्त राज्य अमेरिका पहिलो नम्बरमा आएको छ। अमेरिकाको जोन हकिन्स युनिभर्सिटीका अनुसार, हालसम्म अमेरिकाभर ८३ हजार ५०० मानिसमा कोरोनाको लक्षण भेटिएको छ । ५ लाख ५२ हजार मानिसमा गरिएको परीक्षणमा यतिधेरै संक्रमित भेटिएका हुन् । यो संख्या कोरोनाको उद्गमस्थल चीनको बुहान भन्दा १ हजार ७ सय १८ ले बढी हो ।
अमेरिकामा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाधेको छ। भाइरस संक्रमण रोक्नका लागि सरकारले प्रयासहरु जारी राखेको भएपनि अमेरिकामा यो संख्या एक लाखभन्दा बढी पुग्ने अनुमान गर्न थालिएको छ। अमेरिका सबै राज्य यो महामारीका कारण प्रभावित छन्। जसमध्ये न्यूयोर्क राज्य सबै भन्दा बढी प्रभावित देखिन्छ। यस राज्यमा बिहीबारसम्म ३७ हजार भन्दा बढी संक्रमित भइसकेका छन्। यसै राज्यका भने ३८५ जनाले ज्यान गुमाएका छन्।
न्यूयोर्क राज्यका पाँच सहरमा मात्रै २१ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। यि पाँच सहरमा करिब १ करोड मानिस बसोबास गर्दछन्। यस्तै दोश्रो धेरै प्रभावित हुने राज्यमा न्यूयोर्कसँगै जोडिएको राज्य न्यूजर्सी हो। जहाँ ६ हजार ८ सयजना संक्रमित भएका छन् , भने ८१ जनाले ज्यान गुमाएका छन्।
संसारभर पाँच लाख नाघ्यो
विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ। इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ। फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।
बीबीसी सम्वाददाता स्टिभ ज्याकसन भन्छन्, “संसारभरि सङ्क्रमितको सङ्ख्या पाँच लाख पुग्नु गम्भीर कोशेढुङ्गा हो। तर विज्ञहरू भन्छन् वास्तविक सङ्ख्या अझै धेरै हुन सक्छ किनकी कैयन् देशमा औपचारिक रूपमा घोषणा गरिएका सङ्क्रमितको सङ्ख्याभन्दा वास्तविक सङ्ख्या निकै धेरै हुनसक्छ।“ संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ। करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।




प्रतिक्रिया