सरकारलाई रमेश खरेलको सुझावः सुरक्षाकर्मीको जीवनरक्षा गर !

सरकारलाई रमेश खरेलको सुझावः सुरक्षाकर्मीको जीवनरक्षा गर !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलले कोरोना भाइरसविरुद्ध लड्न सरकारलाई ६ बुँदे सुझाव दिएका छन् । हालै ‘हाम्रो नेपाल सुशासन अभियान’का संयोजक बनेका पूर्व डिआइजी खरेलले कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले रोजगारीबाट फर्किएका र शहरबाट गाँउ गएकाहरुको निगरानी गर्नुपर्ने बताएका हुन् ।

पहिलोपटक उनको ‘अभियान’का नाममा जारी भएको विज्ञप्तिमा भनिएको छ, ’लकडाउन परिचालनका लागि शहर–बजारमा ध्यान केन्द्रित भएको अवस्थामा देश बाहिरबाट (रोजगारीबाट) आएका र शहरबाट गाउँतर्फ गएका व्यक्तिहरूबाट अवस्थाकाको पालना भएरनभएको बारे सम्बन्धित निकायले ध्यान पुर्याउइ यो कुराको महत्त्व दिई सामाजिक चेतना जगाउन यथेष्ट ध्यान पुराइयोस् ।’

यस्तो छ उनका ६ बुँदे सुझाव

१. यो अन्य प्राकृतिक विपदभन्दा विल्कुलै फरक भएका कारण हामीले चाहेर पनि प्रत्यक्ष रूपमा अघि सरेर योगदान गर्न नसकिने अवस्था भएकाले जिम्मेवार र तुलनात्मक रूपमा सुरक्षित भई कार्य गर्ने क्षेत्रबाट देखाउने क्रियाशीलताको ठूलो भूमिका रहेको छ । यो भनेको राज्य संयन्त्रको अगुवाई र भूमिका नै हो । जिम्मेवार पदमा आसिनहरूले यो संकटको घडीमा खेल्ने भूमिका र देखाउने योग्यता महत्त्वपूर्ण हुन्छ ।

२. यो संकटपूर्ण घडीमा संक्रमित व्यक्तिको पहिचान र द्रुत आइसोलेसन तथा उपचार, सामाजिक दुरी पालना र लकडाउनमा सबैको ध्यान जानु आवश्यक छ।

३. अप्रत्यासित रूपमा आएको यो संकटले विपन्न र गरीब वर्गलाई बढी पीडा दिएको हुँदा रोजगार विहीन अवस्थामा जीवन यापनका लागि सरकारले तुरुन्त आर्थिक राहत उपलब्ध गराउन जरुरी भएको छ । सर्वसाधारणलाई अत्यावश्यक खाद्यलगायत वस्तुहररूको आपूर्तिका लागि भरपर्दो र सुरक्षित उपाय अवलम्बन गरिनुपर्ने आवश्यकता देखिएको छ ।

४. यो संकटको घडीमा अहोरात्र खटिएका डाक्टर, नर्स, प्यारामेडिकल, सुरक्षाकर्मीलगायत राष्ट्रसेवकहरूलाई उनीहरूको जीवनरक्षा गर्न र कार्यको मूल्यांकन गर्दै उत्प्रेरणा जगाउन राष्ट्रले यथेष्ट ध्यान पु‍र्याइ साधनस्रोत सम्पन्न बनाउन अपरिहार्य विषय छ ।

५. लकडाउन परिचालनका लागि शहर–बजारमा ध्यान केन्द्रित भएको अवस्थामा देश बाहिर (रोजगारीबाट) आएका र सहरबाट गाउँतर्फ गएका व्यक्तिहरूबाट अवस्थाकाको पालना भएरनभएको बारे सम्बन्धित निकायले ध्यान पुर्याइ यो कुराको महत्त्व दिई सामाजिक चेतना जगाउन यथेष्ट ध्यान पुराइयोस् ।

६. यो संकटपूर्ण बेला सबैले नैतिकता, इमानदारिता र पारदर्शिता कायम गरी सुशासनको प्रत्याभूति गर्नु परम कर्तव्य हुन आउँछ । कालोबजारी, मिसावट, लुकाउने, होर्डिङ गर्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति महापाप हो र यसलाई सबैले बुझ्नू र मनन गर्नु परम कर्तव्यको विषयसमेत हो । यो महामारीबाट हामी सबै चाँडै मुक्त हुन सकौं ।