काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका राज्य तथा परराष्ट्रमन्त्री पाउलो राङ्गेलबीच भेटवार्ता भएकाे छ ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा नेपाल र पोर्चुगलबीच बढ्दो सौहार्दपूर्ण तथा सहकार्यात्मक सम्बन्धप्रति दुवै पक्षले खुशी व्यक्त गरेका छन्।
भेटमा आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार तथा सुदृढ बनाउने उपायबारे छलफल भएको जनाइएको छ।
दुवै मन्त्रीले नेपाल र पोर्चुगलबीचको सम्बन्धलाई आगामी दिनमा थप मजबुत बनाउँदै पारस्परिक हितका क्षेत्रमा सहकार्य अघि बढाउने विषयमा विचार आदानप्रदान गरेका थिए।




प्रतिक्रिया