नेपालगञ्ज – कोरोना संक्रमण भएको आशंकामा विरामी लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज एयरपोर्टमा सामान्य दुर्घटनामा परेको छ ।
विमान रनवेबाट चिप्लिएर बाहिर गएको थियो । प्रहरी सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले घटना भएको पुष्टि गरे ।
प्रहरीका अनुसार कुनै पनि मानवीय क्षति भने भएको छैन । विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरेर ल्याउन गएको बताइएको छ ।





प्रतिक्रिया