काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषका विभिन्न खातामा बुधबार राति ८ बजेसम्म मौज्दात रकम १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ रुपैयाँ पुगेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मौज्दात १२ अर्ब ५७ करोड २८ लाख ७६ हजार ५२३ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा २ करोड ९१ लाख ९३ हजार १७४ रुपैयाँ अमेरिकी डलर पुगेको छ ।
सरकारले कोषमा जम्मा भएको रकमबाट यसअघि १ अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।



प्रतिक्रिया