अस्ट्रेलिया – अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा ६ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ ।
अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सिड्नीमा चारजना र मेलवर्नमा दुईजना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दूतावासलाई प्राप्त भएको छ ।
उनीहरूसँगै बने सिड्नी र मेलवर्नमा थप एक–एकजनालाई पनि संक्रमणको आशंका गरिएको छ । उनीहरूको परीक्षण भइरहेको जनाइएको छ ।
सिड्नीमा कोरोना संक्रमित चारैजना विद्यार्थी हुन् । यसअघि अस्ट्रेलियाकै तासमेनियाँमा एकजना नेपाली विद्यार्थीमा कोरोना संक्रमण देखिएकोमा उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।




प्रतिक्रिया