भरतपुरमा कतार एयरवेजबाट आएका पाँचसहित ११ जनाको ‘रिपोर्ट नेगेटिभ’

भरतपुरमा कतार एयरवेजबाट आएका पाँचसहित ११ जनाको ‘रिपोर्ट नेगेटिभ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुर कोरोना विशेष अस्पतालमा ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

कतार एयरवेजबाट आएर भर्ना भएका ५ जनासहित ११ जनाको स्वाब बिहीबार काठमाडौं पठाइएको थियो ।

उनीहरूको स्वाब परीक्षणको रिपोर्ट आएपछि घर पठाउन लागिएको अस्पतालका प्रवक्ता डाक्टर भोजराज अधिकारीले जानकारी दिए । अस्पतालले नयांँ भर्ना भएका ४ जना बिरामीको स्वाब परीक्षणका लागि शनिबार काठमाडौं पठाइएको छ ।

हालसम्म उक्त अस्पतालमा स्वाब परीक्षणमध्ये १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ सय ६७ जनाले सेवा लिइसकेको अस्पतालले जनाएको छ ।