१२ हजार ६ सय ६० केजी स्वास्थ्य सामाग्री लिएर नेपाल आईपुग्यो नेपाल एयरलाइन्सको जहाज

१२ हजार ६ सय ६० केजी स्वास्थ्य सामाग्री लिएर नेपाल आईपुग्यो नेपाल एयरलाइन्सको जहाज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पीपीई र टेस्ट किट लगायतका स्वाथ्य सामाग्री लिएर चीनबाट नेपाल एयरलाइन्सको जहाज काठमाडौं पुगेको छ । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको जहाज आर ए ४१७१ नम्बरको जहाज शनिवार मध्यान्ह चीनको गोन्जाओको लागी उडेको थियो ।

गोन्जाओमा सामानको व्यवस्थापन समयमा नभएको कारण जहाज १२ घण्टा सम्म होल्ड भएको थियो । नेपाल एयरलाइन्सको जहाज कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि लगाउने विशेष प्रकारको पोशाक पीपीई, एनआरएन चीनले गरेको सहयोग सामाग्री र चिनियां अरबपति ज्याक माले दिएको सामान लिएर जहाज आइतबार बिहान साढे पांच बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

नेपाल एयरलायन्सको वाइडबडी चार्टर विमानले ल्याएको १२ हजार ६ सय ६० केजी सामान आजै नेपाली सेनाको हेलिकोप्टरमार्फत सबै प्रदेशमा पठाउने तयारी छ । चीन सरकार, सिचुआन प्रान्तको सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियां दूतावासले दिने भनेको पीपीई, थर्मोमिटर र स्वास्थ्य परिक्षणका लागी आवश्यक पर्ने किटलगायतका सामान समेत आइतवार विहान नेपाल आईपुगेको चिनियां दूतावासले जनाएको छ ।