धादिङ – कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न धादिङको सदरमुकाम धादिङबेसीमा किटनाशक औषधी छर्किएको छ ।
नीलकण्ठ नगरपालिकाको सहयोगमा धादिङबेसीको बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
धादिङबेसी पुछार बजारबाट औषधी छर्कन शुरु गरेको हो । कोरोना भाइरसको सङ्क्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुङ्गाना बताए ।
अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग उनले आग्रह समेत गरे । जारी लक डाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख ढुङ्गानाले नगरवासीसँग विशेष आग्रह गरे ।
सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले लामखुट्टे लगायतका किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने नगरपालिकाको स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।




प्रतिक्रिया