काठमाडौं – सरकारले विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपालबाट पैसा पठाउन फुकुवा गरेको छ । अमेरिका, अष्ट्रेलिया, जापान तथा युरोपियन मुलुकमा रहेका नेपाली विद्यार्थीहरूलाई नेपालबाट पैसा पठाउन फुकुवा गरेको हाे। यसअघि शिक्षा मन्त्रालयले जारी गर्ने ‘नो अब्जेक्सन लेटर’ नभई पैसा पठाउन नपाइने व्यवस्था थियो।
विश्व महामारी कोरोना भाइरस कोभिड १९ का कारणा काम गुमाएपछि उनीहरूले कलेजको शुल्क तिर्न नसक्ने अवस्था आएकाले सरकारले नेपालबाट पैसा पठाउन सकिने व्यवस्था गरेको हो। यसअघि शिक्षा मन्त्रालयले जारी गर्ने ’नो अब्जेक्सन लेटर’ नभई पैसा पठाउन नपाइने व्यवस्था थियो।
सरकारले कोरोना भाइरसका कारण विदेशमा रहेका नेपाली विद्यार्थीको दैनिकी सहज पार्न पैसा पठाउन सकिने व्यवस्था गरेको हो। शिक्षा मन्त्रालयले उक्त लेटर नभए पनि पैसा पठाउन सकिने व्यवस्था गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।
सरकारले कति रकम पठाउन सकिने भन्ने विषयमा कुनै सीमा तोकेको छैन।




प्रतिक्रिया