काठमाडौं – कोरोना भाइरस काेभिड १९ को त्रासका बीच बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएका बेला नेपाल आयल निगमले सोमबार ग्यास उपलब्ध हुने डिलरहरुको नाम, ठेगाना र मोबाइल नम्बर जानकारी गराएको छ ।
निगमले एलपी ग्यास उद्योगले उपलब्ध गराएको विक्रेताको नाम, ठेगाना र सम्पर्क नम्बर आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।




